रामकुमारी झाक्रीमाथि लाग्यो चोरीको यस्तो आरोप , के होला सजाय ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – यो ब्लगको शीर्षक हेर्नेहरूले रामकुमारी झाँक्रीले अर्काको शब्द चोरेर जन्मदिनको शुमकामना दिएको आलोचना गरेको भन्ने अनुमान नगर्नु होला । यो त्यस्तो ब्लग हैन ।

चोरी नेपाली लेखन र पठनको मुलधार हो । प्रधानमन्त्रीको नाम घोषणा र सपथको मिति नै तोकेर संसद पुःनस्थापना गर्दा जारी भएको २०७८ असार २८ को सर्वोच्चको फैसला लेख्ने न्यायधीश ईश्वरप्रासद खतिवडाले विकिपिडिया कन्टेन्ट चोरेको बजारमा आइसकेको छ ।

त्रिभुवन विश्वविद्यालयको उपकूलपतिमा २०७२ भदौ ७ गते नियुक्ति पाएका तीर्थ खनियाँले टर्कीका भाषा क्षेत्रका विज्ञ फेरिट किलिच्कायाको रिसर्च पेपरबाट ५३ पंक्ति चोरेको अझै लुकेको छैन । २००४ जुलाईमा क्यानडाको टीइएसएल जर्नलमा प्रकाशन भएको सामाग्री खनियाँले २००६ डिसेम्बरमा प्रकाशन भएको नेल्टा जर्नलमा सारेको पाइएको थियो ।

चोरीचकारीको डरलाग्दो दृष्य त नेपाली मिडियामा छ । नेपाली कार्टुनिस्टहरूले चोरेका क्याप्सनदेखि पत्रकारहरूले चोरेका समाचार कन्टेन्ट गन्न र भन्न एउटा बेग्लै ग्रन्थ तयार हुन्छ । अदालतदेखि विश्वविद्यालय हुँदै पत्रकारितामा चोरीचकारी हुने देशमा अंग्रेजीमा कमजोर मन्त्री रामकुमारी झाँक्रीको माधव नेपाललाई गरेको जन्मोत्सवको ट्वीट चोरी हुनु नौलो हैन ।

तपाईंले ट्वीट चोर्न जुन मेहेनत लाउनु भएको छ, त्यही मेहेनत तपाईं मन्त्री भएको शहरी विकास मन्त्रालयको काममा लाउनु भएको हेर्न म आतुर छु ।

एकछिन ट्वीट चोरीको चर्चा गरौँ । मार्च ७ (फागुन २३) मा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले उनका अध्यक्ष अर्थात् नेकपा एस अध्यक्ष माधवकुमार नेपाललाई जन्मदिनको शुभकामना दिइन् । शुभकामना नेपालीमै लेखेको भए पनि हुन्थ्यो, तर, विशेष बनाउन उनले अंग्रेजी भाषा प्रयोग गरिन् । ४६ शब्दको जन्मदिने ट्वीट सुन्दर छ ।

तर, उनले लेखेको ‘कमरेड’ शब्दले शंका गर्ने ठाउँ दियो । सीओएमआरएडीई हुनुपर्ने कमरेडको हिज्जेमा उनले सीओएमआरईडी लेखेकी छिन् ।

४६ शब्दको ट्वीटमा दुईपटक दोहोरिएको कमरेडको मात्रै गलत स्पेलिङ भएपछि बाँकी सबै चोरीको अनुमान जो कोहीले गर्न सक्छ । धेरैले गरेको जस्तै अनुमान मैले पनि गरेँ । अनि खोजेँ । खोजेपछि भेटियो सन् २०२१ सेप्टेम्बर २८ मा एक वेबसाइटमा राखिएको जन्मोसवको शुभकामना, जुन दुरस्तै झाँक्रीले चोरेकी रैछिन् ।

रोचक कुराचाहिँ उक्त वेबसाइटमा राखिएको शुभकामनामा उल्लेखित ‘बोस’ लाई सच्याएर ‘कमरेड’ राखेर उनले पोस्ट गरेकी रैछिन् । त्यसमै गल्ती भइदियो ।

नजान्दानजान्दै अंग्रेजी घुसाउनुपर्ने प्रवृत्ति आम नागरिकदेखि नेतासम्ममा छ । त्यही भीडमा झाँक्री थपिएकी हुन् । मैले अगाडिनै भनेको छु, यो चोरीको विरोधमा लेखिएको ब्लग हैन । मेरो आशय त चोर्ने नै हो भने जन्मदिने ट्वीट हैन, अरु देशबाट शहरी विकासको ट्रिक चोरौँ भन्ने बारेमा हो ।

झाँक्री ज्यू, मैले सम्बोधनमा ‘जी’ प्रयोग गर्ने सोचेको थिएँ । हाम्रो नयाँ पुस्ताको नेतृत्व भनेर ‘जी’ उपयुक्त सोचेको थिएँ । तर, पिर्के सलामीको बचाउमा पत्रकार अरुण बरालसँग पिर्के सलामी दिनु ‘रेस्पेक्ट्’ हो भन्ने हेरेपछि त्यही ‘रेस्पेक्ट्’ दिँदै ‘ज्यू’ प्रयोग गरेको छुँ ।

तपाईंले ट्वीट चोर्न जुन मेहेनत लाउनु भएको छ, त्यही मेहेनत तपाईं मन्त्री भएको शहरी विकास मन्त्रालयको काममा लाउनु भएको हेर्न म आतुर छु । सिंगापुर एसियाको सबैभन्दा उत्कृष्ट पहुँचयोग्य गन्तव्य हो ।

आँखा नदेख्ने, आवाज नआउनेदेखि शारीरिक अशक्तता भएकाहरूलाई सहयोग हुने शहरी पूर्वाधारमा सिंगापुर विश्वकै एक नमुना शहर हो । सिंगापुर सरकारको पर्यटन पोर्टलका अनुसार सिंगापुरको ९५ प्रतिशत पैदलपथ अपांगतामैत्री छन् । रेल, बसदेखी ट्याक्सीमा अपांगता हुनेहरूलाई एकदम सहज छ ।

अदालतदेखि विश्वविद्यालय हुँदै पत्रकारितामा चोरीचकारी हुने देशमा अंग्रेजीमा कमजोर मन्त्री रामकुमारी झाँक्रीको माधव नेपाललाई गरेको जन्मोत्सवको ट्वीट चोरी हुनु नौलो हैन ।

नेपालमा आजको भोलि त्यस्तो गर्न सकिँदैन । सबै शहरमा त्यस्तो गर्न सकिँदैन । तर, कम्तीमा कुनै शहरबाट डीपीआर बनाएर यस्तै कामको तरिका चोरी गरे कसो होला ? शारीरिक अशक्तता मान्छेलाई विभिन्न कारणले हुनसक्छ । कोहीको जन्मजात होला । कोहीको दुर्घटनाले होला । कोहीको बिरामी वा बुढ्यौलीको कारणले होला ।

त्यो जमातमा सबै कुनै न कुनै दिनमा पर्छन् नै । त्यो जमातलाई शहर उनीहरूको पनि हो भनेर सार्वजनिक शौचालय, सार्वजनिक यातायात, सार्वजनिक भवन, पार्क, खेलमैदान, होटलदेखी पैदलमार्ग अपांगतामैत्री बनाउन सिंगापुरे तरिका चोरी गरेर नेपालाई दक्षिण एसियाकै उत्कृष्ट पहुँचयोग्य गन्तव्य बनाउनेतर्फ आइडिया चोरी गरे हुन्न ?

अमेरिकी पर्यटन म्यागजिन ट्राभल एण्ड लिजरमा इभि क्यारिकले तयार गरेको एक सामग्रिअनुसार, डेनमार्कमा हरेक दशजनामा नाैंजनाले साइकल प्रयोग गर्छन् ।

पाँच किलोमिटरभन्दा थोरै दूरीको यात्रामा २५ प्रशितले साइकल नै प्रयोग गर्नेदेखि राजधानी कोपनहेगनसँग देशका अरु २५ नगरपालीकाहरू साइकल सुपर हाइवेमा जोडिएका छन् ।

यो तरिका चोरी गरेर नेपाललाई दक्षिण एसियाको सबैभन्दा उत्कृष्ट साइकलमैत्री मुलुक बनाए हुन्न ? अहिले नेपालमा आएको वातावरणीय चेत, स्वाथ्य सजगता, पेट्रोलको बढ्दो भाउदेखि साइकल अभियानको कारण शहर जोड्ने यस्ता ‘गेमचेन्जर’ काम शहरी विकास मन्त्रालयले गर्न सक्छ । ठूल-ठूला हाइवे बनाएजस्तो खर्चिलो पनि हैन साइकल वे निर्माण । डेनमार्कका मन्त्रीहरूजस्तै काठमाडौंको पाँच किलोमिटर क्षेत्रमा झाँक्री ज्यू आफैं र आफ्नो मन्त्रालयको टीमलाई साइकल चलाउन प्रेरित गरे हुन्न ?

झाँक्री ज्यूको राजनीतिक जरा विद्यार्थी राजनीति हो । वैचारिक झुकाव तल्लो तहको श्रमजिवीको पक्षमा पैरवी गर्ने वामपन्थी विचार हो । र, अहिलेको मन्त्रालय हो शहरी विकास मन्त्रालय । यी तीनै कुराको फ्यूजन गरेर हरेक शहरको आन्तरिक आम्दानीको पाँच दश प्रतिशत रकम विपन्नको विज्ञान तथा प्रविधि पढ्ने छात्रवृत्तिमा अनिवार्य गरे हुन्न ?

युरोपको भूपरिवेष्ठित मुलुक अस्ट्रियाको राजधानी भियना संसारको सबैभन्दा हरित शहर मानिन्छ । भियना कन्भेन्सनको वेबसाइटका अनुसार शहरको ५० प्रतिशत भाग हरित क्षेत्रले ओगटेको छ । शहरका ९६ प्रतिशतले घरमै फोहोर व्यवस्थापन गर्ने सस्टेनेबल जंगल डटकमको तथ्यांक छ । प्लास्टिक प्रतिबन्ध छ ।

पुनः प्रयोग हुने झोला बोकेर मात्रै भियनामा किनमेल गर्न पाइन्छ । भियनाले यो आफ्नो हरित उचाइलाई ब्रान्ड गर्न भियनामा हुने सभा, भेला, गोष्ठीलाई हरित क्षेत्रको पक्षको अभियानको जनाउने प्रमाणपत्र दिइन्छ ।

‘अस्ट्रियन इको लेभल’ भन्ने हरित प्रमाणपत्र पाउन धेरै आयोजकहरु भियना पुग्छन् । भियनाको पर्यटन प्रवर्द्धनमा यसले धेरै ठूलो योगदान गरेको छ ।

शहरलाई कसरी मौलिक बनाउने ? कसरी सार्वजनिक पार्क र हरियालीमैत्री बनाउने ? कसरी गरिब र धनीको बराबरको शहर बनाउने ? यी कुराको आइडियामा भने झाँक्रीज्यूले पूर्वमिस नेपाल श्रृंखला खतिवडाको आइडिया चोरी गरे हुन्न ? जनवरी २५ मा शिशन बानियाँसँग ३ घन्टा २३ मिनेट ५८ सेकेण्डको खतिवडाको पडकास्टको आइडिया चोरी गर्न लायक छन् ।

भियना मोडल चोरेर नेपालले दक्षिण एसियामा यस्तै नेतृत्व गर्न सक्छ । नेपालको संघीय राजधानी वा कुनै अर्को ठूलो शहरलाई यस्तो गन्तव्य बनाउने तौरतरिकाहरू शहरी विकास मन्त्रालयले काम गर्न सक्छ । नेपालमा वन विश्वविद्यालय छ ।

वनका प्राध्यापक, अन्वेषक र विज्ञहरू छन् । विद्यार्थीहरू छन् । उनीहरूको सबैको दक्षताको प्रयोग गरेर शहरी विकास मन्त्रालयले नेतृत्व लिन सक्छ । शहरी जंगलमा विश्वमा चलेका मोडेलमा काम गर्न सकिन्छ ।

शहरलाई कसरी मौलिक बनाउने ? कसरी सार्वजनिक पार्क र हरियालीमैत्री बनाउने ? कसरी गरिब र धनीको बराबरको शहर बनाउने ? यी कुराको आइडियामा भने झाँक्रीज्यूले पूर्वमिस नेपाल श्रृंखला खतिवडाको आइडिया चोरी गरे हुन्न ? जनवरी २५ मा शिशन बानियाँसँग ३ घन्टा २३ मिनेट ५८ सेकेण्डको खतिवडाको पडकास्टको आइडिया चोरी गर्न लायक छन् ।

झाँक्री ज्यूको राजनीतिक जरा विद्यार्थी राजनीति हो । वैचारिक झुकाव तल्लो तहको श्रमजिवीको पक्षमा पैरवी गर्ने वामपन्थी विचार हो । र, अहिलेको मन्त्रालय हो शहरी विकास मन्त्रालय ।

यी तीनै कुराको फ्यूजन गरेर हरेक शहरको आन्तरिक आम्दानीको पाँच दश प्रतिशत रकम विपन्नको विज्ञान तथा प्रविधि पढ्ने छात्रवृत्तिमा अनिवार्य गरे हुन्न ?

मेडिकल, इन्जिनियरिङ नि:शुल्क पढ्न जाने सजिलो खुट्किलो प्रमाणपत्र तह खारेज गरेर निजी क्षेत्रलाई सुम्पिएर गरिबलाई विज्ञान र प्रविधि पढ्ने बाटो बन्द गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णयमा अनेरास्ववियू अध्यक्षको रूपमा ‘ओके’ गरेको अपजस यो त्यो निर्णयले जसमा परिवर्तन गर्ने थियो ।

यी त केही शहरी विकासमा नेपालले चोरी गर्नलायक केही मोडेल मात्रै हुन् । यस्ता अन्य थुप्रै मोडेलहरू छन् । ती सबैलाई चोर्नतर्फ झाँक्रीज्यूले मेहेनत गर्ने हो भने कार्यकाल सफल मात्रै हुँदैन, जनताले सुख पाउँछन् । शहरले सुन्दरता पाँउछ । देशले पहिचान पाउँछ ।

तर, यी चोर्दैगर्दा नेपाली मौलिकताहरू भने हुनुपर्छ झाँक्री ज्यू । जस्तो जन्मदिने ट्वीटमा ‘बोस’ को ठाँउमा ‘कमरेड’ प्रयोग गरेर त्यसको अभ्यास गरिसक्नुभएको छ ।

तर, जन्मदिने ट्वीटलाई नेपाली मौलिकता दिँदा ‘कमरेड’ को हिज्जे गल्ती भएको जस्तै शहरी विकासको ट्रिकलाई नेपाली मौलिकता दिने कामको हिज्जे भने गल्ती हुनुहुन्न है !

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !