CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रतिगमनकारी शक्तिले टाउको उठाउन खोजिरहेको बताएका छन् ।
जारी पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकमा समूहगत छलफलपछि उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष नेपालले अहिले आफुहरुको लडाई प्रतिगमनकारी दक्षिणपन्थी शक्तिहरूसँगै भइरहेको पनि बताए ।
अध्यक्ष नेपालले विशिष्ट परिस्थितिमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको भन्दै केपी शर्मा ओलीको प्रतिगामी कदमका कारण संविधान, लोकतान्त्रिक गणतन्त्र र नेपाली जनताको अधिकार रक्षाका खातिर आफ्नो पार्टीले कुनै कसर बाँकी नराख्ने बताए ।
‘हाम्रो फोकस जोसँग लडाई छ, त्यहाँ केन्द्रीत भएर लाग्नुपर्छ । प्रतिगमनकारी दक्षिणपन्थी शक्तिसँग हाम्रो लडाइ कायमै छ’, अध्यक्ष नेपालको भनाइ छ । त्यसक्रममा अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनलाई केन्द्रविन्दुमा राखेर पार्टी गतिविधि अघि बढाउन निर्देशन समेत दिएका छन् ।
‘कमीकमजोरी छन् भने सच्याउनुस्’ , आपसमा विश्वासको वातावरण बनाउनुस्, नयाँ उर्जाका साथ अगाडि बढ्नुस्’, अध्यक्ष नेपालले भने, ‘नेपालको राजनीतिमा इमान्दार, निष्ठा र देश प्रतिको समर्पण हामीमा जस्तो अरु पार्टीमा छ, छैन त्यो मूल्याङ्कन हुँदै जानेछ । ’
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।