एक्लै चुनाव लड्न तयार छौं, जुनसुकै जोखिम स्वीकार्य छ: रामकुमारी झाक्री

काठमाडौं ।व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदनसँगै सत्तारुढ गठबन्धनमा चुनावी तालमेलको बहस सुरु भएको छ ।

केन्द्रमै भागवण्डा मिलाउने वा तल्लो कमिटीहरुलाई सहमति गर्न दिने विकल्पहरुमा छलफल भइरहेको नेताहरु बताउँछन् ।

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पनि गठबन्धनमा आवद्ध दलहरुले स्थानीय निर्वाचन गठबन्धनका साथ जाँदैछौं भन्ने सन्देश दिइसकेको बताउँछिन् ।

उनी भन्छिन्, कांग्रेससहित गठबन्धन एकदम राम्रो । नभए वाम शक्तिहरुबीच गठबन्धन गर्न प्रयत्न गर्छौं । त्यो पनि भएन भने एक्लै चुनाव लड्न तयार छौं ।’

प्रस्तुत छ, एकीकृत समाजवादीका सचिव एवं शहरी विकासमन्त्री झाँक्रीसँग गरेको कुराकानीको सम्पादित अंश :

अमेरिकी सहयोग परियोजना एमसीसीका कारण गठबन्धन टुट्ने र पार्टी नै खारेज हुने अवस्था आएको थियो । पार्टी जोगिँदा ठूलो राहत मिलेको होला, होइन ?

एमसीसीका कारण दुर्घटना हुन्छ कि भन्नेमा चिन्तित थिइनँ । किनभने म एजेण्डामा धेरै राम्रोसँग प्रष्ट थिएँ । पार्टी अध्यक्ष र अरु नेताहरु पनि प्रष्ट हुनुहुन्थ्यो ।

एमसीसीमा जति विषयहरु उठेका छन्, ती विषयहरु फगत उठाउनका लागि उठाइएका हुन् । त्यहाँ केही भाष्यगत त्रुटीहरू, दोहोरो अर्थ लाग्ने अवस्था थियो । तर अर्थ मन्त्रालयले सोधेका ११/१२ वटा प्रश्नको स्पष्टीकरणमा क्लियर भयो । एक हिसाबले सबैलाई बुझ्ने अवसर बनेको थियो ।

तर सुरुदेखि जसले सही ढंगले बुझे, तिनीहरू आवश्यकता अनुसार आफ्नो प्ल्याटफर्ममा भनौंला भनेर बोलेनन् । जसले एमसीसीबारे कुरै बुझेनन्, तिनले नेगेटिभ कुराको ग्राउण्ड बनाए ।

उल्टो हावा चलिरहेको बेलामा किन बोल्ने भनेर सबै मान्छे छाला जोगाउनतिर लागेपछि पार्टीभित्र पनि विस्तारै एमसीसीविरोधी जनमत बन्ने स्थिति बन्यो, साथीहरूले मोर्चामार्फत विरोध प्रदर्शन गर्ने काम गर्नुभयो । त्यहाँसम्म जान हुने थिएन र त्यो गर्न हुने थिएन ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !