राजनीतिक दलको केटाकेटीपनले देशमा शक्ति राष्ट्रकाे चलखेल बढ्याे: राजेन्द्र लिङ्देन

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुको केटाकेटीपनले देश अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धा गर्ने स्थलमा परिणत भएको बताउनु भएकाे छ ।

शनिवार पार्टीको आमसभालाई सम्बोधन गर्न वीरेन्द्रनगर आइपुग्नु भएका अध्यक्ष लिङ्देनले एमसीसीको सम्बन्धमा प्रमुख राजनीतिक दलहरुले निभाएकाे भूमिकाले देशलाई दीर्घकालीन रुपमा क्षति पुर्याउने बताउनु भएकाे हाे । उहाँले प्रमुख राजनीतिक दलको केटाकेटीपनले देशमा शक्ति राष्ट्रकाे चलखेल बढेकाे बताउनु भयाे ।

उहाँले भन्नुभयो, ‘एमसीसीकाे सम्बन्धमा प्रमुख दलहरुले देखाएकाे भूमिकाका कारण देश अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थलमा परिणत भयो ।

यस्तो दुष्प्रयासको असर प्रमुख राजनीति दलले मात्र होइन देश र जनताले पनि बेर्होनुपर्छ । यसले देशलाई दीर्घकालीन क्षति पुर्याउँछ ।’

उहाँले १२ बुँदे व्याख्यात्मक टिप्पणी ल्याएर राजनीतिक दलहरुले केटाकेटी पन देखाएको आराेप लगाउनु भयाे ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !