आगामी निर्वाचनमा नेकपा (एस) एक्लै चुनाव लड्न तयार छ: मन्त्री आले

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार रहेको बताएका छन् ।

आज धनगढी विमानस्थानमा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावमा गठबन्धन भए पनि नभए पनि आफ्नो पार्टी एक्लै चुनाव लड्न तयार रहेको बताएका हुन् ।

गठबन्धन आजको आवश्यकता भएको उल्लेख गर्दै उनले आगामी तीनवटै तहको निर्वाचनमा गठबन्धन गरेर जान सकिने बाटो खुला रहेको बताए ।

मन्त्री आलेले स्थानीय तहको निर्वाचनका लागि आफ्नो पार्टी तयारीमा जुटिसकेको पनि बताए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !