निर्वाचनमा हामी ‘सिङ्गल’ भिड्न पनि सक्छौं : जसपा नेता चेम्जोङ

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – जनता समाजवादी पार्टी नेपालका नेता एवं पूर्वमन्त्री रकम चेम्जोङले गठबन्धनको आवश्यकता आज राष्ट्रिय रुपमा जरुरी रहेको बताएका छन् ।

उनले भने– देशको संविधानलाई ‘ट्रयांक’मा राख्नको लागि एललाई पालना गराउँनको लागि र देशमा आएको लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र संघियतालाई सुदृण गर्नको लागि पनि यो आवस्यकता छ ।

त्यसैले गठबन्धन आज राष्ट्रिय आवश्यकता हो र त्यो राष्ट्रिय आवश्यकताको आधारबाट चाही उहाँ ‘शेरबहादुर देउवा’ ‘प्राइमिनिष्टर’ बन्नु भा छ, शेरबहादुर देउवा जि नेपाली कांग्रेसको सभापति त्यसैले यो उहाँहरुका लागि पनि त्यो एउटा अवसर, दोस्रो ठुलो राजनीतिक दल नेपालको नेपाली कांग्रेस हो ।

त्यहाँ भित्र चाहि दश थरि विचारहरु अनेक खालका सोचाईहरु होलान, सोचाई कसैको फरक होलान । कांग्रेसले के गर्छ मैले भन्ने आवश्यकता हाम्रो मात्र नी होईन आवस्यकता कांग्रेसको मात्रै पनि होईन, आवस्यकता हाम्रो पनि हो कांग्रेसको पनि हो र राष्ट्रिय आवश्यकता पनि हो ।

कांग्रेसले गठबन्धन तोड्दिन चाहयो, तोड्दियो तोड्दा केही आपत्ति भएन, तपाईहरु ‘सिङ्गल–सिङ्गल’ भिड्नु हुन्छ कि माओवादी र माधव नेपालको पार्टी संग ‘रिअलाईज’ गरेर जानु हुन्छ ?

भन्ने पत्रकारको पश्नमा उनेल भने– हामी चाहि ‘सिङ्गल’ भिड्न पनि सक्छौं, जस्तो अब जहा सकिन्छ त्यहा ‘सिङ्गल’ भिडिएला नसकिए ठाउँमा आवश्यकता अनुसार गठबन्धन पनि होला । यो त के भन्दा खेरी अब आवश्कताले बन्ने हो गठबन्धन यो खुसीले अथवा कसैलाई बिगार्न भन्ने मात्र होईन कि आवस्यकताको हो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !