राजालाई जस्तो देशको माया अरु कसैलाई लाग्दैन्ः अनमोल केसी

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – अभिनेता अनमोल केसीले केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा आफ्नो साथी रहेको बताएका छन् ।

कतिपय कलाकारलाई नेपाली राजनीतिको शिर्ष नेताहरुको फोटो देखाएर नाम सोध्दा समेत थाहा नपाउदा ‘ट्रोल’को सिकार हुन पुगेका छन्।

तर उनले भने टेलिभिजनको कार्यक्रम रजतपथको अन्तर्वार्तामा पत्रकार प्रकाश सुवेदीले तिन नेता मध्य कस्लाई छान्नु हुन्छ ? भन्ने पश्नमा तिनै जना नेताहरु आफ्नो साथी रहेको र तिन मध्ये एक जनालाई मात्र छान्न नसक्ने बताए । पत्रकार प्रकाश सुवेदी र अभिनेता अनमोल केसीको अन्तर्वार्ता यसप्रकार छ :-

तिन नेता शेर बहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ कस्लाई छान्नु हुन्छ ? : उहाँहरु (ओली, देउवा, प्रचण्ड) त मेरो ‘फ्रेण्डस’ हो, ‘हाउ क्यन आइ चुज बिटुइन माइ फ्रेण्डस’ उहाँहरु मेरो यति राम्रो साथीहरु हुनुहुन्छ् ।

तपाईको साथी ? : हजुर ! किन एउटा ‘सिनियर’ र ‘जुनियर’ साथी हुन सक्दैन र ?

सकिन्छ किन नसक्नु । : उहाँहरुले मलाई धेरै चोटि ‘फ्यामेली ग्यादरीङ’मा बोलाइसक्नु भएको छ, धेरै चोटि भेट भइसकेको छ, ‘सो’ आफ्नो साथी बिच कसरी छानुम ? ‘इट्स भेरी हार्ड’

भने पछि तिन जनामा एक जना पनि नछान्ने ? : भने नी यति राम्रो ‘टर्मस’ छ कसरी छानुम ।

राजा कि राष्ट्रपति ?राजा।

व्याख्या गर्नुहोस ? :राजालाई जस्तो आफ्नो देशको माया अरु कसैलाई लाग्दैन् ।

पछिल्लो समय बिभिन्न कार्यक्रममा कलाकारहरुलाई राजनीतिक पश्न पर्दा गणतन्त्र भन्दा राजतन्त्र र नेताहरु भन्दा राजा नै राम्रो भन्ने जवाफ दिने गरेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !