चलचित्र ‘आई एम ट्वान्टी वान’ को ५५औं दिनमा छायांकन सकियो

अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ स्टारर फिल्म ‘आई एम ट्वान्टी वान’ को छायांकन सकिएको छ। रेनशा वान्तवा राईले निर्देशन गरेको फिल्मलाई काठमाडौं, धरान, ललितपुर लगायतका स्थानमा छायांकन गरिएको थियो भने ५५औं दिनमा फिल्मको छायांकन सकिएको हो ।

प्रज्ज्वल शमशेशर जबराको निर्माण रहेको फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् । यस्तै फिल्ममा वाइल्ड रिभर्स क्रूको कोरियोग्राफी र रोहित शाक्यको गीतमा संगीत रहेको । फिल्म नृत्यको कथामा आधारित भएका कारण धिरज र जसिताले एक वर्षसम्म नृत्यको तालिम लिएका थिए।

पहिलो पटक धिरज र जसिताले स्क्रिन शेयर गरेका छन् भने रेनेशाका अनुसार यस फिल्मबाट १२ जना नयाँ अनुहारले डेब्यू गर्दैछन। रेनेशाको यो दोश्रो निर्देशन हो। उनले यो भन्दा अघि ‘इन्टु मिन्टु लण्डनमा’ को निर्देशन गरेकी थिइन्। नेपालमा नृत्यको कथामा फिल्म बनाउन गाह्रो रहेको र आफूले निकै चुनौतीपूर्ण काम सकाएको रेनेशाले बताईन। अब फिल्मको एक गीत खिच्न बाँकी रहेको समेत निर्देशक राईले बताईन।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !