CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतले भर्खरै सार्वजनिक गरेको ‘पिर’ गीतबाट कोही पनि उत्तेजित हुनुनपर्ने बताएका छन् । उनले सुदूरपश्चिममा आज बिहान पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
“तर्क वितर्क हुन्छन्, त्यसलाई स्वाभाविकरुपले लिनुपर्छ,” प्रचण्डले भने । उनले जनयुद्धसँगै शान्ति प्रक्रिया आएको हुँदा गर्व गर्ने पक्ष पनि धेरै रहेकाले अहिले विचलित हुनुनपर्ने बताए ।
सर्लाही – नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित हुनुभएको छ । गएराति सम्पन्न मतगणनाअनुसार संस्थापन पक्षका सिंह १ हजार ७५८ मत ल्याएर निर्वाचित हुनुभएको हो ।
संस्थापन इतरका प्रत्यासी लक्ष्मण रायभन्दा ३८० मत बढी ल्याएर सिंह जिल्ला सभापतिमा विजयी हुनुभएको कांग्रेसको निर्वाचन समितिले जानकारी दिएको छ । रायले १ हजार ३७८ मत मात्र ल्यानुभएको छ । त्यसैगरी अन्य पदाधिकारीहरुमा पनि एक जना उपसभापति बाहेक सबै संस्थापन पक्षका नै निर्वाचित भएका छन् ।
उपसभापतिमा संस्थापन पक्षका डाक्टर सरोज यादवले १ हजार ७६४ मत र संस्थापन इतरका नविन अधिकारीले १ हजार ४९३ मतका ल्याएर विजयी हुनुभएको छ ।
संस्थापनका उपसभापतिका प्रत्यासी शेख शादुल्लाहले १ हजार ४७४ र इतरका रविनन्दन चौधरीले १ हजार ३१४ मत मात्र प्राप्त गर्नुभएको छ ।
त्यस्तै, सचिवमा संस्थापनका निरज कार्की १ हजार ७२६ मत र मनोज यादव १ हजार ४२६ मतका साथ निर्वाचित हुनुभएको छ । संस्थापन इतरका सचिवका प्रत्यासी कृष्णराज रायमाझीले १ हजार ४१२ मत र नरेन्द्र भट्टराईले १ हजार ३९९ मत मात्र ल्याउनु भएको छ ।
त्यसैगरी सह–सचिवमा संस्थापनका नै इन्द्रबहादुर योञ्जन १ हजार ७११ मत र सुनिल कुमार कुशवाहा १ हजार ५७९ मतसहित विजयी हुनुभएको छ ।
मतगणना हुन बाँकी रहेका जिल्ला सदस्यहरुको मतगणना रातिबाटै सुरु भएको छ । यसअघि सर्लाहीमा कांग्रेसको १४ औँ अधिवेशनको पटकपटक मिति तोकिए पनि स्थगित हुँदै आएको थियोे।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।