राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही र रेखा थापा एमसीसी बिरुद्ध एकसाथ मैदानमा उत्रिदै

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरी जिल्ला कार्यसमितिको आयोजनामा बृहत् आमसभा हुने भएको छ ।

बराहक्षेत्र ६ स्थित चक्रघट्टी बसपार्कमा हुन लागेको आमसभाका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रिय सदस्य रेखा थापा र पुर्वमन्त्री रामकुमार सुब्बा लगायतका वक्ताहरुले उपस्थित हुने भएका छन् ।

चैत्र ७ गते हुने कार्यक्रममा वक्ताहरुले एमसीसी सम्झौता विरोध गर्ने राप्रपा बराहक्षेत्र नगरअध्यक्ष अर्जुन भट्टराईले बताए । उनकाअनुसार उक्त भेला नगर कार्यसमितिको समन्वयमा हुने छ । साथै, पार्टी प्रवेश कार्यक्रम समेत रहेको अध्यक्ष भट्टराईले बताएका छन् ।

यस्तै, काठमाडौं । आगामी निर्वाचनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा र राजावादी दलसँग गठबन्धन गर्ने एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले दाबी गरेका छन् ।

केपी ओलीले आगामी चुनावमा राप्रपा र राजावादीसँग मिलेर लड्ने उनको जिकिर थियो । मन्त्री खतिवडाले ठोकुवा गर्दै भने, ‘राजावादीसँग मिलेर चुनाव लडेनन् भने दुइ कान त भन्दिनँ सुन्नुपर्छ, एउटा कान चाहिँ काटेर फालिदिन्छु ।’

मंगलबार गोरखा अस्पतालको भवन उद्घाटनपछि पत्रकारसँगको कुराकानीमा खतिवडाले यस्तो बताएका हुन् । ओलीले पाँच दलीय गठबन्धनको विरोध गर्दै राप्रपा र नागर्जुनसँग खुसुखुसु गरेको उनको आरोप थियो । ‘केपी ओलीले राप्रपा र राजवादीसँग

गठबन्धन गर्दैछन्, त्यो छोप्न यता कम्युनिस्ट भएर माधव नेपाल र प्रचण्डले शेरबहादुर र काग्रेससँग गठबन्धन गर्‍यो भन्दै छन्,’ उनले भने,‘चिल आयो चिल आयो भनेर स्यालले कुखुरा लगेजस्तो गर्ने, यता आफू लुसुक्क नागर्जुन र राप्रपासँग खुसुखुसु गर्ने । उता गठबन्धनको विरोध गर्ने ।’

यस्तै मन्त्री खतिवडाले केपी ओलीको प्रतिगमन विरुद्ध रहेका दलहरुबीच आवश्यकताले गठबन्धन बनेको बताएका छन् । ‘आवश्यकता सिद्धिएपछि गठबन्धन पनि सिद्धिन्छ,’ उनले भने, ‘गठबन्धनका सबै दलले आ–आफ्नो सिद्धान्त, औचित्य, बिचार, ब्यानर,

घोषणापत्र लिएर निर्वाचन आयोगमा दर्ता भएका छन्, निर्वाचन र सरकार निर्माण जस्तो प्रयोजनका लागि जित हारको कारणले गठबन्धनको आवश्यकता परेको हो ।’

यस्तो गठबन्धन विश्वभर नै हुने भन्दै उनले ओलीले पनि गठबन्धन नै गरेर २०७४ को निर्वाचत जितेको सन्दर्भ जोडेका थिए । ‘२०७४ मा केपी ओलीले एमाले, माओवादी, हृदयश त्रिपाठी, जनमोर्चा राप्रपाका लिङदेनसँग मिलेर जितेको उनले बताए ।

‘त्यसमा नपुगेर सरकार बनाउँदा उपेन्द्र यादवलाई पनि थपे, सुशील कोइराला, माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड, शेरबहादुर देउवा सबैको गठबन्धनको सरकार हो, अहिले तस्बिर यस्तो सिर्जना गर्न खोजिएको छ कि, केपी ओली आफू मात्र महामहिम,एक्लै एक्लै रथ हाकेर हिँडेजस्तो । यो सरासर फटाहा कुरो हो ।’

त्यस्तै उनले आगामी निर्वाचनमा एमालेसँग सत्ता गठबन्धनका कुनै पनि दल मिलेर चुनाव नलड्ने घोषओणा गरे । सत्ता गठबन्धनका दलबीच नै मिलेर चुनावमा जाने पहिलो प्राथमिकता हुने पनि उनले बताए । ‘सकेसम्म गठबन्धनको भावना प्रतिनिधित्व हुनेगरी निर्वाचनमा जान्छौं ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !