CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय सदस्य नेत्री रेखा थापाले राप्रपाका पूर्वअध्यक्ष तथा हाल राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई र हिन्दु धर्म बेचेको आरोप लगाएकी छिन् ।
गाई, हिन्दु धर्म र राजाको नाममा राजनीति गरेर थापाले सत्तामा जाने भ¥याङको रुपमा मात्र प्रयोग गरेको आरोप थापाले लगाएकी छिन् ।
उनले भनिन्– ‘नेतृत्वहरुले देश र जनतामाथि गद्दार गरेकै हो । शेरबहादुर, प्रचण्डलाई मात्र होइन कमल थापालाई पनि गालि गर्नुपर्छ गाई बेचेकै हो । तर त्यो भन्दैमा राप्रपा अछुतो छ हामी भन्दैनौं, राप्रपाले पनि बिगतमा धेरै गल्ति गरेकै हो, नागरिकका बिश्वास बेचेकै हो ।’
जनतालाई झूक्काएर थापाले गाई, हिन्दु धर्म र राजाको नाममा मत लिए, तर त्यो मतलाई उनले सत्तामा जाने भर्यांगको रुपमा मात्र प्रयोग गरे, कमल थापाले गर्दा नै राप्रपा कमजोर बन्यो उनले भनिन् ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।