हामीलाई एकपटक मात्र भोट दिनुस् विश्वासघात गरे झापट हन्नुहोस: ज्ञानेन्द्र शाही

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । राप्रपाका प्रबक्ता ज्ञानेन्द्र शाहीले भोट मागेका छन्, आशन्न निर्वाचन लक्षित गरेर शाहीले राप्रपालाई भोट मागेका हुन्, राप्रपाले राष्ट्रघात नगर्ने शाहीले बताएका छन् ।

राप्रपाद्वारा आज ललितपुरमा आयोजित सभामा बोल्दै शाहीले राप्रपाको लागि मत मागेका हुन्, उनले शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डले जस्तो राष्ट्रघात आफ्नो दलले नगर्ने दाबि पनि गरेका छन्, शाहीले भनेका छन्– ‘के यी देश बेचुवाहरु नै सधैं सत्तामा रहिरहने हो ? सधैं यी दलालहरुलाई नै मत हालिरहने हो ?’

शाहीले थपे– ‘हामीलाई केवल १ पटकको लागि मत दिनुस , बिजयी गराउनुस , यिनीहरुले जस्तो दलाली हामीले गर्दैनौं, हामीले यदि तपाइँहरुको बिश्वास टुटायौं भने हामीलाई अर्को पटकबाट मत दिने होइन जहाँ भेट्नुहुन्छ त्यहीं झाप्पड हान्नुस ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !