नायिका करिश्मा मानन्धरलाई ‘महानायिका’ घोषणा

नेपाली चलचित्र छेत्रमा कुनै समय एक छत्र राज गरेकी सदाबहार नायिका करिश्मा मानन्धरलाई काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै आर के इन्टरटेनमेन्ट द्वारा महानायिका घोषणा गरिएको छ। नायिका मानन्धरले नेपाली फिल्म क्षेत्रलाइ लामो समय देखि दिएको निरन्तरता र उनले पुर्याएको योगदानको कदर गर्दै उक्त उपाधि दिइएको बताईएको छ।

१४ वर्षको उमेरमा अभिनय करिअर सुरु गरेकी करिश्माको अभिनेत्रीको रुपमा डेब्यू गरेको चलचित्र प्रकाश थापाद्वारा निर्देशित फिल्म ‘सन्तान’ हो।

यस फिल्ममा अभिनय गरे पश्चात उनले कहिलै पछाडी फर्केर हेर्नु परेन। चलचित्र ‘कस्तुरी, ट्रक ड्राइभर, भाउजु, मायालु, एक नम्बरको पाखे, जिन्दगी, बसन्ती, ढुकढुकी’ आदि उनले अभिनय गरेका सुपर हिट चलचित्र हुन्। दर्शकहरुले उनको ‘केमेस्ट्री’ महानायक अभिनेता राजेश हमालसँग अत्याधिक रुचाएका थिए।

महानायक हमाललाई दिइएको ‘महानायक’ उपाधि प्रति बेला बेलामा विवाद आइरहेको छन् भने नायिका करिश्मा मानन्धरलाई दिइएको ‘महानायिका’ उपाधि प्रति विवाद आउने हो कि हैन त्यो भने समय आएपछि था हुने नै छ।

सदाबहार नायिका करिश्मालाई ‘महानायिका’ उपाधि दिनुमा तपाई के भन्नुहुन्छ प्रतिक्रिया दिनुहोला।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !