अभिनेत्री बर्षाको अहिले सम्म कै हट तस्बिर, ब्रेकअप पिडा भुलाउन यसरी खुलेकी हुन् वर्षा ?

अभिनेत्री वर्षा सिवाकोटीले यतिबेला अमेरिकामा छिन् । उनले सामाजिक सञ्जालमार्फत आफू अमेरिकामा रहेको जानकारी दिँदै केही बोल्ड तस्बिर सार्वजनिक गरेकी छन् ।

फ्लोरिडाको सामुद्रिक तटमा मस्ती गरिरहेको तस्बिर सार्वजनिक गरेकी उनी त्यसमा निकै खुलेको देखिन्छ । समुद्रमा बिकनीमा फोटो सुट गराएर उनले सामाजिक सञ्जालमा राखेको तस्बिरमा विभिन्न खाले प्रतिक्रिया आइरहेका छन् । उनी केही समययता अमेरिकामा रहेकी छिन् ।

वर्षाको रिलेसनसिपलाई लिएर नयाँ खबर छ । उनी केही समयदेखि अभिनेता राज कट्वालसँग अफेयरमा थिइन् । बीचमा यी दुईबीच प्याचअप भएको खबर पनि आयो । तर निकट स्रोतका अनुसार राज र वर्षाबीच पुनः ब्रेकअप भएको खबर छ । केही समयदेखि यी दुईजना सम्पर्कमा छैनन् ।

तस्वीरलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा भयो । कतिपय भद्दा कमेन्ट गर्दै उनीविरुद्ध खनिए भने कतिपयले उनको स्वतन्त्रता भन्दै बिकिनी पहिरनको प्रशंसा गरे ।

तर ती तस्वीरमा सकारात्मकभन्दा नकारात्मक कमेन्ट नै बढी थिए । कतिले कलाकार राज कट्वालसँगको ब्रेकअपको पीडा भुलाउन उनी अमेरिका घुम्न गएको भन्दै टिप्पणी पनि गरे ।

यसरी नकारात्मक कमेन्टको बाढी आएपछि वर्षाले अहिले ती तस्वीरलाई हटाएकी छन् । उनको भेरिफाइड फेसबुक र इन्स्टाग्राममा अहिले ती तस्वीर देखिंदैनन् । वर्षा निकट स्रोतका अनुसार तस्वीरमा नेगेटिभ कमेन्ट गर्ने केहीलाई उनले नेपाल फर्किएपछि साइबर क्राइममा उजुरी गर्ने सोच पनि बनाएकी छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार