करिश्मा मानन्धर र सङ्गो समाजवादी जनता पार्टी एमालेमा प्रवेश, ओलीले गरे भव्य स्वागत

काठमाडौं। पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रमबीच सिंहले पार्टीलाई एमालेमा समाहित गराएका हुन् ।

सोही कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शिव पटेल, माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा शेर्पा मुक्ति मोर्चाका पूर्व सचिव रामेछापका नाम्गेल शेर्पा लगायत एमाले प्रवेश गरेका छन् ।

उनीहरुलाई पार्टी प्रवेश गराउदै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए ।प्रेमबहादुर प्रेमबहादुर सिंह तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा खानेपानी मन्त्री थिए ।

नायिका करिश्मा मानन्धर विगतमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी हुँदै राजनीतिमा सक्रिय देखिएकी तर बीचमा केही समय राजनीतिबाट निष्क्रिय रहेकी उनी पुनः राजनीतिमा सक्रिय हुनेगरी एमाले प्रवेश गरेको बुझिएको छ ।

स्थानिय तहको निर्वाचन नजिकिएसंगै एमालेले पार्टी प्रवेश गराउने अभियानलाई आक्रमक रुपमा अघि बढाएको छ र देशको बिभिन्न पार्टी प्रवेश गराउने कार्यक्रममा एमाले अध्यक्ष आफै उपस्थिति हुने गरेका छन् ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !