शिशिर भण्डारीको अर्को मार्मिक गीत ‘मुरली तिरिरी’ सार्वजनिक (भिडियो)

दिपकराज पाठकको प्रस्तुतिमा रहेको मुरली ‘तिरिरी’ बोलको गीत युटुब मार्फत सार्वजनिक गरिएको छ। उक्त गीतमा संचारकर्मी शिशिर भण्डारी, बेनिशा पौडेल र आयुसमान चापागाईको स्वर रहेको छ। यस्तै गीतको शब्द दिपकराज पाठकले लेखेका हुन् भने संगीत भण्डारी आफैँले गरेका हुन्।

गीतको भिडियो निकै नै मार्मिक बनाईएको छ। कलाकार भण्डारीले नै निर्देशन गरेको भिडियोमा शिशिर भण्डारी, सुनिशा बजगाईं, इशान राउत “जिरे“, दिपकराज पाठक, श्रद्धा गौतम, लक्षमन अधिकारी र बाल कालाकार अनुरोध भण्डारीकोअभिनय देख्न सकिन्छ। हास्य टेलिसिरियल ‘जिरे खोर्सानी’ बाट ‘जिरे’ नामले निकै लोकप्रिय भएका कलाकार इशान राउत “जिरे“ले ठुलो भएपछी अभिनय गरेको यो पहिलो भिडियो हो।

भिडियोमा बाहुनकी छोरी दलितको छोरासंग प्रेममा पर्छिन र उक्त कुरा घरकाले थाहा पाएपछि दलितको छोरासंग छुटाउन अर्कै संग बिहे गरेर पठाईदिन्छन र गाउमा अर्कैसंग भागेर पोईल गै भनेर हल्ला फिजाई दिन्छन र बाकि निकै मार्मिक कथा चाहि भिडियोमा हेर्नुहोला।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !