एमाले ठुला कुरा गरेर काम नगर्ने पार्टीः विश्वप्रकाश शर्मा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरियो रंगको मतपत्रबाट तर्सिनेहरू निर्वाचनको परिणामबाट पनि तर्सिने दावी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शर्माले आफूलाई बलियो भन्ने नेकपा एमाले मतपत्रको रंगबाट तर्सिएको भन्दै अव निर्वाचनको परिणामबाट पनि तर्सिने अवस्था आउने दावी गरेका हुन् ।

महामन्त्री शर्माले केपी ओली नेतृत्वको सरकारले गरेको विकासलाई डायनासोर विकासको संज्ञा दिए । ठूलो(ठूलो विकासको कुरा गरेर काम नगर्ने पार्टी एमाले भएको उनको भनाई छ ।

उनले आगामी निर्वाचनमा तालमेल गर्ने अधिकार मातहतका समितिलाई दिनुपर्ने र यस विषयमा केन्द्रीय कमिटीले आवश्यक निर्णय गर्ने बताए ।शर्माले आगामी निर्वाचनमा कांग्रेस सही विचार र दृष्टिकोणसहित जनतामा जाने र देशको ठूलो र बहुमतको पार्टी बन्ने धारणा राखे ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !