बडिगाडवासीले रुचाएका राजन पाइजालाई, पार्टीले टिकट दिन किन हिचकिचाई रहेको छ ?

बागलुङ्ग । अहिले देश नै निर्वाचनमय बन्दै गएको छ। निर्वाचन हुने मिति नजिकिदै गर्दा देश भरिनै राजनीतिक माहोल तातिरहेको अवस्था छ। नेताहरु उमेद्वारी दिन आफ्नै पार्टीमा समेत आ-आफ्नो गुठ बनाएर एक-आपसमा रिसारिस गरिरहेको र कुर्सीका लागि सबैले आफुलाई दाबेदार घोषणा गरिरहेको अवस्था छ।

देशभरिकै अवस्था हेर्ने हो भने अहिले उम्मेदवार छनोट गर्न धेरै सकस परिरहेको अवस्था छ। यस्तै,बागलुङ्ग जिल्लामा पर्ने जिल्लाकै सबैभन्दा ठुलो पालिका बडिगाड गाउँपालिकामा पनि उमेद्वार चयन गर्ने सबै पार्टी लागिपरेका छन्। एमाले बाहेक अन्य पार्टीहरु गठबन्धन गर्ने हल्ला चले पनि गठबन्धन गर्ने नगर्ने बारे आधिकारिक घोषणा भने भएको छैन।

एमाले पार्टीमा भने गाउँपालिका अध्यक्षका लागि ९ जनाले उमेद्वारी घोषणा गरेका छन्। उमेद्वारी घोषणा गर्नेमा मेहरसिहं पाईजा, बिष्णु भुषाल, सुनिल शेरचन, टेकनारायण खरेल, गुणानिधि घिमिरे, राजन कुमार पाईजा, यम श्रीस, तिर्थमणि भुषाल, कमलराज आचार्य रहेका छन्। यी ९ जना उमेद्वार मध्ये राजन कुमार पाइजा जो राष्ट्रिय खेलाडी पनि हुन् साथै बडिगाड गाउँपालिका बासीको पानि एकदमै प्रिय पात्र हुन्।

यस गाउँपालिकामा अध्यक्ष पदको लागी राजन कुमार पाइजा जत्तिको जनताको लोकप्रिय अन्य उमेद्वार कोही पनि छैनन्। राजन कुमार पाइजाले यदि मेयरको टिकट पाएको खण्डमा अन्य पार्टीहरुले गठबन्धन गरेपनि एमालेले सर्वसम्मत मतले जित्ने तर राजन कुमार पाइजालाई टिकट नदिए एमालेले लज्जास्पद हार बेहोर्नु पर्ने स्थानीयको दाबी छ। जनताले बुझेका राजन कुमार पाइजालाई आफ्नै पार्टीले भने टिकट दिन हिचकिचाइरहेको अवस्था छ।

स्थानिय केहि बिपक्षी पार्टीका समर्थकहरुले राजनले टिकट पाए उसैलाई भोट हाल्ने बताएका छन् भने राजनले टिकट नपाएको खण्डमा एमाले पार्टीकै कार्यकर्ताले एमालेका अन्य उमेद्वारलाई भोट नहाल्ने बताएको बिशेष श्रोतले जनाएको छ। एमाले पार्टीकै कार्यकर्ताका अनुसार पार्टीलाई जित चाइएको छ भने राजनलाई मेयरको लागि टिकट दिनुपर्ने, यदी लज्जास्पद हार चाइएको भए अन्य उमेद्वारलाई टिकट दिनुपर्ने बताएका छन्। उपाध्यक्षका लागि  भने ७ जनाले उमेद्वारी घोषणा गरेका छन् ।

राजन कुमार पाइजा जनतामा कति लोकप्रिय छन् र उनैलाई गाउँपालिका बासीले किन नेतृत्व गरेको हेर्न चाहान्छन भनेर सम्पूर्ण कुरा थाहा पाउन चाहउनु हुन्छ भने तलको भिडियो हेर्नुहोला :

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !