चितवनमा एक कलाकार सहित तीन पत्रकार सम्मानित

चलचित्र पत्रकार संघ चितवनले आफ्नो साधारण सभाका क्रममा एक जना कलाकार र तीन जना पत्रकारलाई सम्मान तथा नगद सहित पुरस्कार वितरण गरेको छ। चितवनमा रहेर कलाकारिता मार्फत नेपाली कला क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै संघले कलाकार ऋद्धिचरण श्रेष्ठलाई इन्द्रदेव कलाकारिता पुरस्कार, अनलाइन खबरका विजय आवाजलाई सेन्ट्रल कलेज राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार, चितवन पोष्टका किशोर खनाललाई एजर एभियसन सक्रिय चलचित्र पत्रकारिता पुरस्कार र एटुजेड समाचारका सुशील पन्तलाई नन्दप्रसाद–सुशीला युवा चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानीत गरीएको हो।

सम्मानीत सबैलाई पाँच हजार पाँच सय रुपैयाँ नगद सहित प्रमाण पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो। सिताराम कट्टेल (धुर्मुस) प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण प्रसाद अधिकारी ,चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष जीवन पराजुली, प्रेस सङ्गठन चितवनका संयोजक प्रकाशमणि ज्ञवाली, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल लगायतको उपस्तिथी थियो।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !