एमालेबाट बडिगाड गाउँपालिका अध्यक्षको उम्मेदवार चयन भएका लोकप्रिय समाजसेवी राजन पाईजा को हुन ?

बागलुङ । नेकपा एमालेले बडिगाड गाउँपालिका अध्यक्ष पदमा राजन पाईजालाई उम्मेदवार चयन गरेको छ । आशन्न स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदमा पाईजालाई चयन गरेको हो ।

आकाक्षीं धेरै भएपछि गाउँपालिका,जिल्ला र प्रदेशमा आकाक्षींहरुको नाम पठाएको थियो । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको निणर्य बमोजिम पाईजा बडिगाड गाउँपालिका अध्यक्षको उम्मेदवार बन्नुभएको हो ।

गाउँपालिका अध्यक्षकालागि ११ जनाको नाम प्रदेश कमिटीमा पठाईएको थियो । पछिल्लो समय सामाजिक क्षेत्रमा सक्रिय पाईजा नेकपा एमाले जिल्ला सचिवालय सदस्य समेत हुनुहुन्छ । त्यस्तै उपाध्यक्ष पदको उम्मेदवारमा मिना रायमाझी चयन हुनुभएको छ ।

को हुन् पाईजा ?

बागलुङको बडिगाड गाउँपालिका वडा नं ५ मा जन्मिएका राजन पाईजा सामान्य परिवारमा व्यक्ति हुन् । सानै देखि अन्याय र अत्याचारका विरुद्धमा आवाज उठाउने स्वभावका उनी पछिल्लो समय सामाजिक क्षेत्रमा निकै सक्रिय छन् । कसैको दुःख र पिडा देख्न नसक्ने स्वभावका पाईजाले गाउँमा हुने हरेक विपत्तिमा अग्रपंक्तिमा रहेर काम गर्छन् । केहीले त उनलाई भगवान समेत भन्न रुचाउँछन् ।

कक्षा ९ मा पढ्दै गर्दा विद्यार्थी कालमै २०५८ साल देखि कम्युनिष्टको आन्दोलनमा लागेका उनी माओवादीबाट राजनीति गर्थे । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी पार्टि एकता भई बनेको नेकपामा समाहित भएपनि पाईजा पुन : पार्टि विभाजन पछि नेकपा एमालेमै रहेर सक्रिय राजनीति गरे । हाल उनी नेकपा एमालेको जिल्ला सचिवालय सदस्य समेत हुन् ।

भिडियो हेर्नुहोस:

राजनीतिलाई सेवाको रुपमा लिने पाईजा विभिन्न सामाजिक क्षेत्रमा अग्रपंक्तिमा रहेर काम गर्दै आईरहेका छन् । उनका प्रशसंक गाउँपालिकामा त छन् नै देश विदेशमा समेत उनले आफ्ना प्रकंसक बटुलेका छन् । कोरोना महामारीमा स्वास्थ्यकर्मीसगैं दिन रात खटिएर गरेको कामको प्रशसांका कारण उनी गाउँपालिकाबाट सम्मानित पनि भएका थिए । त्यतिबेला महामारी र सकंटापन्न स्थितिमा गाउपालिकामा उनले निकै महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

यसका अलवा उनी एक करातेका खेलाडी र प्रशिक्षक समेत हुन् । नेपाल सितोरियो कराते बल्याक बेल्ट सहित राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल उनी एशियन कोचको रुपमा लाईसेन्स समेत प्राप्त गरेका छन् । बडिगाड गाउपालिका वडा नं ५ खारमा कराते खेलको प्रशिक्षकको रुपमा खेलाडिहरुलाई प्रशिक्षण पनि उनले दिईरहेका छन् ।

उनी बडिगाड डोजोका संस्थापक अध्यक्ष तथा खेलाडि तथा प्रशिक्षक सघ बागलुङको जिल्ला अध्यक्ष हुन् । खेलकुदकै क्रममा उनले जापान,कोरिया,मलेसिया,दुबई,सिगापुर भारत लगायतका देशमा सहभागी भई मेडल जित्न सफल भएका छन् भने वैदेशिक यात्राका क्रममा थुप्रै अनुभव पनि बटुलेका छन् ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !