काठमाडौं महानगर मतगणना : बालेन कति मतले अगाडी छन् ?

काठमाडौ महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ७ हजार मत कटाएका छन् । सोमबार २ बजेको नतिजाअनुसार साहले ७ हजार ८९ मत ल्याएका छन् ।

त्यस्तै एमालेका केशव स्थापितले ३७ सय ४६ र काँग्रेसका सिर्जना सिंहले ३३०० मत प्राप्त गरेकी छन् ।

‘फर्जी मत’ भेटिएपछि नगराईन नगरपालिकाको मतगणना स्थगित : धनुषाको नगराईन नगरपालिकामा ३ वटा मतदान केन्द्रको मतगणना स्थगित गरिएको छ । नगराईन नगरपालिका–२ को राप्रवि जटही (क) र (ख) मतदान केन्द्रको गणना भइरहेको बेला मतदान अधिकृतको दस्तखत नभएको मतपत्र भेटिएको छ । दस्तखत बिनाको मतपत्र भेटिएपछि लोसपा नेपालका प्रमुख पदको उम्मेदवार राजेश चौधरी सहित ११ जनाले गणना रोक्न आग्रह गरेका थिए ।

उप–स्वास्थ्य  चौकी रामबाग (ख) को मत पेटिकामा पनि मतदाताको संख्याभन्दा बढी मतपत्र भेटिएको छ । मतदाताभन्दा धेरै मतपत्र भेटिएपछि  ‘हाललाई मतगणना कार्य स्थगित गरी पाउँ’ भनेर धर्मेन्द्र प्रसाद गुप्तासहित पाँच जनाले निर्वाचन अधिकृतलाई निवेदन दिएका छन् । अर्को सूचना नहुँदासम्म मतगणना कार्य स्थगित गरिएको निर्वाचन अधिकृत सुदीपकुमार दंगालले जानकारी दिएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार