चलचित्र ‘लप्पन छप्पन २’ को दोश्रो टिजरमा सौगात मल्ललाई ‘सुपरस्टार’ को ट्याग

चलचित्र ‘लप्पन छप्पन २’ को दोश्रो टिजर सार्बजनिक गरिएको छ । ५७ सेकेण्डको टिजरमा अभिनेता सौगात मल्ललाई मात्र स्थान दिइएको छ भने उनलाई निर्माण टिमले ‘सुपरस्टार’ को ट्याग दिएको छ । टिजरमा देखाईए अनुसार फिल्ममा उनी डनको भूमिकामा देखिदै छन् ।

आउँदो चैत २७ गतेदेखी प्रदर्शन हुन लागेको चलचित्रमा सौगातसँगै शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ (शिव श्रेष्ठका छोरा), प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय रहेको छ ।

मुकुन्द भट्टको निर्माण र निर्देशन रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माताको रुपमा रहेका छन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

फिल्मको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी रहेका छन् । फिल्म फागुन २७ गतेबाट प्रदर्शनमा आउने भनिएता पनि निर्माण टिमले नया टिजर सार्बजनिक गर्दै चलचित्र प्रदर्शन मिति पनि सारेको हो ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !