चलचित्र ‘फटाह फणिन्द्रे’ मा अभिनेता कर्मा मुख्य भूमिकामा अनुबन्धित

चलचित्र ‘फटाह फणिन्द्रे’ मा अभिनेता कर्मा मुख्य भूमिकामा अनुबन्धित भएका छन् । मंगलबार आफ्नो जन्मदिनको अवसरमा फिल्मका निर्माता तथा निर्देशक अरुण खड्काले कर्मालाई अनुबन्ध गरेका हुन् । उनीसँगै अभिनेत्री छुल्ठिम गुरुङ, सुष्मा कार्की र रोहित रुम्बा पनि अनुबन्धित भैसकेका छन् । अन्य कलाकारहरुको भने खोजि कार्य भैरहेको छ।

सुनिल मानन्धर प्रस्तुतकर्ता रहेको चलचित्र ‘फटाह फणिन्द्रे’ श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो । विक्रम सिंह गुरुङ निर्माता र नेत्र बिष्ट कार्यकारी निर्माता रहेको फिल्ममा रोशन श्रेष्ठको द्धन्द, विपिन मल्लको सम्पादन र ईश्वरलाला सिंकेमनको छायांकन रहनेछ ।

चैत्र पहिलो साताबाट छायांकन सुरु हुने फिल्मको कथा उतक केसीले लेखेका हुन् साथै पट्कथा, संवाद हिमाल उप्रेती, सुशिल पोखरेल र अरुण खड्काले लेखेका हुन्। निर्देशक अरुण खड्काको यो डेब्यु निर्देशन हो।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !