छायांकार विदुर पाण्डेको निधन !

काठमाडौं । चलचित्र छायांकार विदुर पाण्डेको निधन भएको छ । उनको हृदयघातका कारण बिहान पौने ६ बजे गंगालाल अस्पतालमा उनको निधन भएको हो । घरमा असहज भएपछि उनलाई अस्पताल लगिएको थियो ।

हाम्रो टिम, क्वीज मेनिया, फूलको थुंगा, हिमालय फेसन एड्भेन्चरजस्ता टीभी कार्यक्रम र छोटा फिल्ममा उनले काम गरिसकेका छन् । चर्चित नेपाली फिल्म कागबेनी, स्वर र भुइँमान्छेमा छायांकारको रुपमा काम गरिसकेका पाण्डेले टेलिभिजनमा समेत काम गरेका छन् । पाण्डेले सयौं म्युजिक भिडियो समेत छायांकन गरेका छन् ।

उनको पार्थिव शरिरलाई अन्तिम संस्कारका लागि अहिले पशुपति आर्यघाट लगिएको छ । प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार अन्तिम श्रद्धान्जली दिन अहिले आर्यघाटमा फिल्मकर्मी र आफन्त उपस्थित छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार