चलचित्र ‘दुई नम्बरी’ को टिजर सार्वजनिक, के छ टिजरमा विशेष ? (टिजर सहित)

काठमाडौं । चलचित्र ‘दुई नम्बरी’को टिजर सार्वजनिक भएको छ । चलचित्रको टिजर हेर्दा फिल्मले गाउँको परिवेशमा कमेडी जनारामा मित्रताको कथा भन्छ ।

टिजरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङ फिचर्ड छन् । भुटानी अभिनेत्री उगेनको यो डेब्यु नेपाली फिल्म हो ।

निर्देशक दीपेन्द्र लामा निर्देशित फिल्मले मित्रताको कथा पेश गर्छ । दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ निर्माता हुन् । फिल्म आगामी असोज २१ गते देखि प्रदर्शनको तयारीमा रहेको छ । चलचित्रको टिजर तलको भिडियोमा हेर्नुहोस:

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार