अभिनेत्री एलिजाले छाडिन साईन गरिसकेको चलचित्र ‘घिन्ताङ’

अभिनेत्री एलिजा गौतमले चलचित्र ‘घिन्ताङ’ बाट हात झिकेकी छिन्। निर्देशक दीपक श्रेष्ठले निर्देशन गर्ने उक्त फिल्ममा केहि हप्ता अगाडी एलिजाले साईन गरेको थिइन् भने उनको अपोजिटमा गौरव पहारीले साईन गरेका थिए। तर अब भने नायिका एलिजा गौतमले उक्त चलचित्रमा काम नगर्ने पक्का भएको छ।

निर्देशक श्रेष्ठका अनुसार एलिजाले बुवा बिरामी भएर क्यानडा जानुपर्ने भएकाले फिल्म गर्न नसक्ने म्यासेज मार्फत् जानकारी दिएकी हुन्। उक्त जानकारी दिएर अभिनेत्री एलिजा क्यानडा उडेकी छिन्। यस्तै साइन गरिसकेको फिल्म छाड्ने अभिनेत्रीको सूचीमा एलिजा गौतम पनि थपिएकी छन् ।

एलिजाले फिल्म बाट हात झिकेपछि अहिले नायिकाको खोजि भैरहेको छ। नाकायिको छनोट गरेर फ्लोरमा जाने निर्माण पक्षको भनाई छ। निर्देशक श्रेष्ठ करीब ७ वर्षपछि फिल्म निर्देशनमा फर्किदै छन्।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !