अभिषेक श्रेष्ठले चलचित्र ‘चुरीफुरी’ बाट अभिनेताको रुपमा डेब्यू गर्दै

नायक अनमोल केसीका डुब्लिकेटको रुपमा चर्चामा आएका अभिषेक श्रेष्ठ थुप्रै म्यूजिक भिडियोमा काम गरिसकेपछि फिल्मको हिरो बनेका छन् । अभिषेकले चलचित्र ‘चुरीफुरी’ बाट अभिनेताको रुपमा डेब्यू गर्दै छन्। उनीसँगै यो फिल्ममा पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजिवजंग बस्नेत नया अनुहार हुन्।

निर्देशक ऋषिराज आचार्यले निर्देशन गरेको फिल्म ‘चुरीफुरी’को छायांकन पुष अन्तिमबाट नै सुरु गरिएको थियो तर फिल्मको छायांकन सुरु गर्दा नायक-नायिकाको नाम गोप्य राखियो। फिल्मको छायांकन सकिने समयमा भने नायक-नायिका सार्वजनिक छ।

रिना ढकाल निर्माता रहेको फिल्मको सह-निर्मातामा विमला भुसाल, राजेन्द्र खाती र शिब थापा छन् । नविन निरौलाले सम्पादन गर्ने फिल्ममा राहुल राईको छायांकन, भिमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत रहने छ । फिल्मको कथा निर्देशक आचार्यकै हो भने उनि फिल्मका निर्माता पनि हुन्।

फिल्ममा अन्य कलाकारहरुमा रबिन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनीता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, मनिल तामाङ, रश्मी आचार्य रहेका छन्।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !