चलचित्र ‘तेस्का बाजे’ को शुभमुहूर्त

चलचित्र ‘तेस्का बाजे’ को शुभमुहूर्त गरिएको छ। फिल्मको सोमवार ललितपुरस्थित चामुण्डामाई मन्दिरमा शुभ मुहूर्त गरेर औपचारिक निर्माण घोषणा गरिएको हो। कल्याण अधिकारीको निर्देशन रहने उक्त चलचित्र कमेडी जनरामा निर्माण हुने बताइएपनि फिल्ममा अभिनय रहने कलाकारको नाम भने सार्बजनिक गरिएको छैन।

चैतको पहिलो साताबाट फ्लोरमा जाने फिल्मको काठमाडौं, धरान, इलाम, झापा लगायतका स्थानमा छायांकन गरिने निर्माण पक्षले जानकारी दिएको छ। कला राई प्रस्तुतकर्ता रहेको फिल्ममा राम महर्जन र शत्रुधन अन्सारी निर्माता रहेका छन्।

फिल्ममा दिवस गुरुङको छायांकन, राजन महर्जनको कोरियोग्राफी, ओमप्रकाश राई, राजु लामा, कृष्णकुमार राई र अभिषेक सिंहको संगीत, राजेशपायल राई, मेलिना राई, केशव शाही ठकुरी र अनुपमा राईको स्वर रहनेछ । चलचित्र बिजी बर्मा फिल्मस्को व्यानरमा निर्माण हुदैछ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !