चलचित्र ‘गोरे सार्की’ बाट निर्माता अर्जुन कुमार निर्देशनमा डेब्यू गर्दै

चलचित्र ‘गोरे सार्की’ बाट निर्माता अर्जुन कुमारले पनि फिल्म निर्देशनमा हात हाल्ने भएका छन् । अभिनेत्री विनिता बराललाई लिएर ‘चपली हाइट’ निर्माण गरेपछि चर्चामा आएका उनी फिल्म ‘गोरे सार्की’ बाट निर्देशक बन्न लागेका हुन् ।

उनकै कथा र निर्माण रहेको फिल्मको छायांकन आउँदो जेठबाट गरिने बताइएको छ। फिल्मका लागि मुख्य अभिनेता छनौट भइसके पनि बाँकी कलाकारको खोजि कार्य भैरहेको छ। ‘गोरे सार्की’ नेपालको सबैभन्दा ठूलो थ्रिलर फिल्म हुने निर्माता अर्जुनको दाबी छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !