किन पोल्यो केपी ओलीको मन ? दिए कडा प्रतिक्रिया

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणको क्रममा करको दर हेरफेर गरिएको विषय फेरि उठाएका छन् ।

काठमाडौंमा आज (आइतबार) आयोजित राष्टिय युवा सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । उनले सरकार कसैको मानपदवी बढाउन नभएर देशको विकास गर्न चाहिने पनि बताए । उनले सेटिङमा बजेट बन्ने तथा व्यापारीका प्रतिनिधिले करका दररेट तोक्ने स्थितिले आफ्नो मन पोलेको गुनासो पोखे ।

अध्यक्ष ओलीले आफ्नो कार्यकालमा सरकारसँग विकास–निर्माणका गर्न कहिल्यै पैसाको अभाव नभएको तर अहिलेको सरकारसँग भने काम गरिसकेको ठेकेदारलाई पनि भुक्तानी गर्ने पैसा नभएको आरोप लगाए । उनले देशको पैसा कहाँ गयो ? भनेर प्रश्न गरे ।

ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् । आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए । राष्ट्रिय युवा सम्मेलनमा बोल्दै उनले सांसद भएकाले अलिअलि पैसा त आउने तर त्यसले आफ्नो उपचार गर्न नपुग्ने बताए ।

आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसकेको उनले बताए । “सांसद भएकाले अलिअलि त्यहाँबाट आउँछ । नभए म र मेरो श्रीमतीसँग केही छैन । हामीले हाम्रो सबै सम्पति सरकारको नाममा गरिदिएका छौं । तपाईहरुलाई थाहा छदैछ होला सरकारको नाममा गरिदिएपछि त्यसलाई बेच्न वा धितो राखेर पैसा निकाल्न मिल्दैन । अब तपाईहरुले उपचार गराइदिनुभयो भने छुटै कुरा नभए मसँग उपचार गर्ने पैसा छैन ।” उनले भने ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार