चलचित्र ‘बाबरी’को ट्रेलर सार्वजनिक, रिसाहा भूमिकामा नायक धिरज ! (ट्रेलर सहित)

काठमाडौँ। चलचित्र ‘बाबरी’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्र भाद्र ३१ मा प्रदर्शन हुने भनिएको थियो तर अब भने फिल्म असोज १४ मा देशभर प्रदर्शन हुनेछ। ट्रेलरमा धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकरको तृकोणात्मक प्रेम देखाइएको छ जहाँ अदितिलाई पाउनका लागि दुई धिरजको लडाई देख्न सकिन्छ ।

ट्रेलरमा धिरज मगर रिसाहा क्यारेक्टरमा प्रस्तुत भएका छन्। सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्ममा धिरज र अदिती सँगै बादल भट्ट, कमल मणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा गणेश बुढाथोकी र पुस्पालता बुढाथोकीको लगानी छ भने सिजन दाहाल, मनोज त्रीपाठी, रीत बोहोरा र किशोर नेपालले फिल्म लेखेका हुन् । दशैँको अवसरमा प्रदर्शन हुने भएकाले पनि यो फिल्म हेर्न हलमा दर्शकको भिड लाग्न सक्ने अनुमान गर्न सकिन्छ ।

चलचित्रको ट्रेलर हेर्नुहोस:

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार