चलचित्र ‘तिमीसँगै हुने मन छ’मा दीपिका संग मुम्बइका रोहितले रोमान्स गर्दै

चलचित्र ‘तिमीसँगै हुने मन छ’ नायिका दीपिका प्रसाँइसँग मुम्बइका रोहित सुचान्तीले रोमान्स गर्ने पक्का भएको छ। निर्देशक दिवाकार भट्टराइले निर्देशन गर्न लागेको उक्त चलचित्र बाट मुम्बइका रोहित सुचान्तीले नेपाली चलचित्र क्षेत्रमा डेब्यू गर्ने पक्का भएको हो भने निर्देशक दिवाकारका अनुसार प्राविधिक टिमपनि भारतबाटै आउनेछ। यसअघि चलचित्रमा नायक पल शाह र निराज प्रधानले काम गर्ने मौखिक सहमती भएपनि मुम्बइका रोहित सुचान्तीसंग लिखित समजदारी भैसकेको छ।

रोहितले ‘तुने प्यार किया, रिश्ता लिखंगे हम नयाँ’ लगायतका आधा दर्जन सिरियलमा पनि काम गरेका छन् । उनले, रियालिटी शो ‘बीग बोस १२’मा पनि भाग लिएका थिए । ओम नम शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन चैत्रबाट सुरु हुँदैछ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !