नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्री रोमान्टिक मुडमा (भिडियो)

चलचित्र ‘कृष्ण लीला’ को ‘कुनै दिन’ बोलको पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ। उक्त गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर, पुरुषोत्तम ढुंगेल र नारायण सापकोटाको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ।

गीतको भिडियोलाई रामजी लामिछानेको कोरियोग्राफी गरेका छन् भने भिडियोलाई आकर्षक बनाउन निर्माण टिमले निकै मेहनत गरेको देखिन्छ। पूर्वी इलामको चियाबारी आसपासमा खिचिएको गीतको भिडियोमा नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्री रोमान्टिक मुडमा देखिएका छन्।

दीपक ओलीको निर्देशन रहेको चलचित्र ‘कृष्ण लीला’ मा पुष्प र श्रद्धासंगै बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ। चलचित्र आउदो चैत २७ गते देशभर पर्दर्शन हुदैछ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !