चलचित्र ‘तिम्रो मेरो साथ’ को इन्डक्ल्याप

चलचित्र ‘तिम्रो मेरो साथ’ को छायांकन सकिएको छ। क्यामेरा ‘अन’ भएको ३३ दिनमा शनिवार पोखरामा फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माण टिमले एक कार्यक्रमका आयोजना गर्दै जानकारी गराएको हो।

चलचित्र ‘तिम्रो मेरो साथ’ मा नायक पुष्प खड्का र नायिका साम्राज्ञी आर एल शाहको जोडी देख्न सकिन्छ।

चलचित्रलाई ‘रुद्रप्रिया र रज्जा रानी’ जस्ता फिल्म निर्माण गरिसकेका निर्माता तथा निर्देशक रमेश एम के पौडेलले निर्देशन गरेका हुन् भने उनको यो डेब्यू निर्देशन हो। बोधी एचडि र आर्यन फिल्मसको ब्यानरमा बनेको फिल्ममा सन्दिप क्षेत्रि, सरोज खनाल, इमिली लामा, खगेश्वर पुन मगर (खबपू) लगायतको पनि अभिनय रहेको छ ।

कार्यकारी निर्माता रहेका सविर श्रेष्ठले नै फिल्मको कथा लेखेका हुन्। शिव ढकालको छायांकन रहेको फिल्ममा रामजी लामिछाने नृत्य निर्देशन रहेको छ। योगेश काजीको संगीत रहेको फिल्मका निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, सुमन पौडेल र सुधिर पराजुली छन् ।

आउँदो वर्षको दशैं र तिहारको बिचमा फिल्मलाई रिलिज गर्ने तयारीमा रहेको निर्माण टिमले नेपाल भन्दा पहिला अमेरिका, अष्ट्रेलिया र बेलायतलगायतका देशहरूमा प्रदर्शन गरिने बताएको छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !