नेफ्टा अवार्ड १०औं संस्करणको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

शनिवार काठमाडौंस्थित पाँचतारे होटल सोल्टीमा एक कार्यक्रमका बिच नेफ्टा अवार्डको १०औं संस्करणको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएको मनोनयनमा उत्कृष्ट फिल्मतर्फ ‘प्रसाद’, रोमियो एन्ड मुना’, ‘हरी’, ‘कथा काठमाडौं’ र ‘छक्का पञ्जा ३’ रहेका छन् ।

उत्कृष्ट नायकको विधामा ‘प्रसाद र हरी’ बाट विपिन कार्की, ‘रोमियो एन्ड मुना’ बाट बिनय श्रेष्ठ, ‘डमरुको डन्डिबियो’ बाट खगेन्द्र लामिछाने र ‘ए मेरो हजुर ३’ बाट अनमोल केसी परेका छन् ।

त्यस्तै, उत्कृष्ट नायिकाको विधामा ‘प्रसाद’ बाट नम्रता श्रेष्ठ, ‘रोमियो एन्ड मुना’ बाट सृष्टि श्रेष्ठ, ‘साइँली’ बाट मेनुका प्रधान, ‘रामकहानी’ बाट पूजा शर्मा र ‘छक्का पञ्जा ३’ बाट दीपिका प्रसाई परेका छन्।

नेफ्टा अवार्डको मनोनयनमा ‘प्रसाद’ सर्वाधिक १३ विधामा परेको छ भने ‘ए मेरो हजुर ३’ ११, ‘छक्का पञ्जा ३’ १० र ‘हरी’ ८ विधामा मनोनित भएका छन्। ड्रिम हाइ नेपालले व्यवस्थापन गरेको नेफ्टा अवार्डको दशौं संस्करण यही फागुन २९ गते होटल सोल्टीमा नै हुनेछ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !