नायक अनमोल केसीलाई फिल्म ‘नोभेम्बर रेन २’मा अफर

अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘नोभेम्बर रेन’ २०७१ सालको व्यवसायिक र समीक्षात्मक रुपमा सफल भएको फिल्म हो । यस फिल्मलाई निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् भने सुवास गिरीले निर्माण गरेका हुन्।

अब भने चलचित्र ‘नोभेम्बर रेन’को सिकवेल ‘नोभेम्बर रेन २’ बन्ने भएको छ। यस फिल्मका लागि भने निर्माता सुवास गिरीले अहिलेका हट केक नायक अनमोल केसीलाई अफर गरिएको छ । शनिबार साझ निर्माता गिरीले अनमोल र उनका पिता भुवन केसीसँगको भेटमा उक्त प्रस्ताब राखेका हुन्।

‘नोभेम्बर रेन’ निर्देशन गरेका निर्देशक दिनेश राउत र नायक आर्यन सिग्देललाई भने सिकवेल बनाउने कुरा कसैले नभनेको केहि मिडियाहरुलाई बताएका छन्। नायक अनमोल केसीले फिल्म गर्लान या नगर्लान त्यो त समय आएपछि था हुने नै छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !