चलचित्र ‘प्रेमगन्ज’को औपचारिक निर्माण घोषणा

चलचित्र ‘प्रेमगन्ज’को औपचारिक निर्माण घोषणा गरिएको छ। आइतवार प्रेम दिवस (भ्यालेनटाइन डे) को अवसर पारेर सामाजिक सञ्जालको माध्यमबाट फिल्मको निर्माण घोषणा गरिएको हो। यस फिल्मलाई विगत २५ वर्षदेखि नेपथ्यमा बसेर नेपाली फिल्ममा स्पट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुँयालले निर्माण गर्न लागेका हुन्। उनको यो डेब्यू चलचित्र हो।

फिल्मलाई परिच्छेद सेनले निर्देशन गर्दै छन् भने फिल्मका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन् । फिल्म पूर्णत प्रेमकथामा आधारित हुने बताइएको छ। फिल्मका लागि अहिलेसम्म कुनै पनि कलाकारको छनोट भएको छैन।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !