कलाकारहरु राष्ट्रका गहना होइनन् : विश्वप्रकाश शर्मा

कलाकार भनेका राष्ट्रका गहना हुन् भन्ने गरिन्छ। तर नेपाली कलाकारहरुलाई यस राज्यले उचित सम्मान र हौसला दिन अझै चुकिरहेको छ। अझ भन्न पर्दा राज्यले कलाकारहरुलाई चाहिँदा प्रयोग गर्ने र नचाहिँदा फुकालेर फ्यालिदिने गहनाको रुपमा मात्र प्रयोग गर्दै आएको देखिन्छ।

तर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यस बिषयमा शनिवार नेफ्टा अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रममा कडा अभिव्यक्ति दिएका छन्। उनले उक्त कार्यक्रममा यस्तो भने ‘कलाकारहरु भनिरहँदा गौरव लाग्छ । कतिपयले बोल्ने बेला भनिदिनुहुन्छ, कलाकारहरु राष्ट्रका गहना हुन् । माफ गर्नुस्, कलाकारहरु राष्ट्रका गहना होइनन् ।’

त्यतिमात्र हैन उनले थप्दै भने ‘‘मदनकृष्ण दाई, नीर शाह दाई वा अग्रज कलाकारलाई म कति मुल्य तोकूँ ? गहनाको मुल्य हुन्छ तर कलाकार गहना होइनन् । कलाकार भनेको गौरव हो । गौरवको कुनै मुल्य हुँदैन । गौरव आफैंमा बहुमुल्य हुन्छ । कलाकारहरुको बहुमुल्य तागतलाई देशको पहिचान हो भनेर राज्यले चिन्नुपर्छ ।’

फिल्म क्षेत्रलाई उद्योगको रुपमा थप व्यवस्थित गरेर लैजान राजनीतिक दलहरुले साझा प्रतिबद्धता व्यक्त गर्नुपर्ने उनको धारणा रहेको छ यस्तै उनले आफू नेपाली फिल्मको दर्शक रहेको र आफ्नो रोजाईमा सधैं नेपाली फिल्म हुने गरेको बताए ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !