गायक सन्तु थापाको पञ्चेबाजा गीत ‘लाहुरे दाईलाई’ सार्वजनिक ( भिडियो)

गायक सन्तु थापा र समिक्षा अधिकारीको संयुक्त स्वरमा रहेको मौलिक पञ्चेबाजा गीत “लाहुरे दाईलाई” युटुबमा सार्बजनिक गरिएको छ । गुल्मीका प्रसिद्ध गायक सन्तु थापाले उक्त गीतलाई आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरेका हुन्। गायक थापा आफैले निर्देशन गरेको भिडियोलाई मधुर बस्नेतले खिचेका हुन ।

केशब आलेको कोरियोग्राफी रहेको भिडियोमा सुमित्रा गुरुङ “बिनिता”, सन्तोष मगर, टहलसिंह फुङ्जेली, गितु पुन, अमृता गुरुङ, कपिल मगर, मनिष सेवाल, सुनिल रजाली, सुश्मा राजाली, मनिषा रजाली, अरुणा घर्ती आदि कलाकारहरुलाई देख्न सकिन्छ।

लुमिनिअस पोस्टवक्र्सको पोस्ट्प्रोडक्सनमा तयार भएको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन्। गुल्मी रेसुङ्गा म्युजिक प्रालिको प्रस्तुती रहेको उक्त गीतमा अनिश दवाडीको शब्द, प्रेमा राना मगर, रुपी सिंजाली मगर, ओम सेन्चुरी र अमित सुनारको गीत कोरस, खेम सेन्चुरीको संगीत र विश्वाश नेपालको संयोजन रहेको छ ।

करिब १० वर्षदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय रहंदै आएका गुल्मेली गायक सन्तु थापाले अहिलेसम्म झण्डै २ दर्जन बढी गीत सार्वजनिक गरिसकेका छन् ।

भिडियो हेर्नुहोस :

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !