गायक कमल खत्री र गायिका मेलिना मैनालीले गरे इन्गेजमेन्ट (हेर्नुहोस फोटोमा)

गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन् । उनिहरु केही वर्ष यता प्रेममा थिए । प्रेममा भएर पनि उनिहरु सार्वजनिक रुपमा भने प्रेममा छौँ भनेर भन्न सकेका थिएनन् ।

मेलिना भन्दा अघि कमल मोडल सिम्पल खरेलसंग प्रेममा थिए । सिम्पलसंगको ब्रेकअप पछि मेलिनासँग कमल प्रेममा परेका हुन् । कमल र मेलिनाले थुप्रै गीतमा सँगै श्वर दिएका छन् । उनिहरुबिच १६ वर्ष भन्दा बढीको ‘एजग्याप’ छ ।

जे होस्, कमलले आफ्नो फेसबूकमा इन्गेजमेम्टको तस्बिर पोस्ट गर्दै नयाँ अध्यायको सुरुवात मेलिनासँग हुँदा खुसी व्यक्त गरेका छन् । उनी लेख्छन् -‘जिवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जिवनकै सुखद पक्ष हो । चाहाना यति छ कि, साथ र माया सधै पाइरहु ।

उनी थप्छन्-‘जिवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने बाचा गर्दै हामीले रितिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौ । यो माया प्रेम अनि आशिर्वादको धेरै धेरै धन्यवाद ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार