प्रदिप खड्काकी नया हिरोईन रेनुनाथ योगी

चलचित्र ‘प्रकाश’ को औपचारिक निर्माण घोषणा गरिएको छ। मंगलवार सरस्वती पूजाको अवसर पारेर काठमाडौंस्थित होटल याक एन्ड यतीमा एक कार्यक्रमका बिच निर्माण टिमले ‘कास्ट एन्ड क्रियू’ सार्वजनिक गर्दै फिल्म घोषणा गरेको हो।

अभिनेता प्रदिप खड्का र नव अभिनेत्री रेनु योगीको मुख्य अभिनय रहने फिल्मलाई निर्देशक दिनेश राउतले निर्देशन गर्दैछन। दिनेश राउत र प्रदिप खड्का बिच यो पहिलो सहकार्य हो।

यस फिल्मको कास्टिङ डाइरेक्टरको रुपमा अनुप बराल रहेका छन् भने नव अभिनेत्री रेनु अडिसन बाट यस फिल्ममा नायिकाको रुपमा छनोट भएकी हुन्। यस फिल्ममा प्रदिप र रेनुको अलावा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी (आँपे), हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारहरुको पनि अभिनय रहने छ।

फिल्मको छायांकन जुम्लाको एउटा गाउबाट फाल्गुनदेखि सुरु हुनेछ। फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् ।

महेन्द्र अधिकारीले निर्माण गर्ने फिल्ममा उत्तम प्रधानको साउन्ड, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर, राजेश श्रेष्ठको सिनेम्याटोग्राफी र जीवन थापाको सम्पादन रहनेछ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !