चलचित्र ‘घिन्ताङ’ को मुहूर्त

चलचित्र ‘घिन्ताङ’को शुभ मुहूर्त गरिएको छ। मंगलवार सरस्वती पूजाको अवसर पारेर कमलादी गणेश मन्दिरमा फिल्मको मुहूर्त गरिएको हो। निर्देशक दिपक श्रेष्ठले निर्देशन गर्ने फिल्ममा गौरव पहारी र लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको छ।

यस अघि नायिका एलिजा गौतमले साईन गरिसकेको भएपनि उनको बुवा बिरामी भएर तत्काल क्यानाडा जानुपरेपछि एलिजाको ठाउमा लक्ष्मीलाई निर्माण टिमले अनुबन्धित गरेको हो। निर्देशक दिपक श्रेष्ठ सात बर्ष पछि फिल्म निर्देशनमा फर्किएका हुन्।

साहित्यकार मन्दिरा ‘मधुश्री’ ले लेखेको ‘मासुको मुल्य’ कथामा आधारित भएर निर्माण हुन लागेको फिल्ममा नीर शाह र मदनकृष्ण श्रेष्ठको विशेष भूमिका रहनेछ भने फिल्मले अन्तरजातीय प्रेम सम्बन्धको कथा भन्ने निर्देशक श्रेष्ठको जानकारी दिए ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !