चितवनमा बिपिन कार्की र आंचल शर्मा सम्मानित

अभिनेता बिपिन कार्की र अभिनेत्री आँचल शर्मालाई लक्की मिडिया हाउसले चितवनमा सम्मान गरेको छ। नेपाली फिल्म क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै विपिन र आँचललाई लक्की मिडिया हाउसले पांँचौ बार्षिकोत्सवको अवसरमा बुधबार सम्मान गरेको हो।

कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांंग्रेसका केन्द्रीय सदस्य गगन थापा, बरिष्ठ कलाकार तथा निर्देशक नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक कार्कीले विपिन र आँचललाई संयुक्त रुपमा सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

यस्तै कार्यक्रममा उपस्थित चिकित्सक, शिक्षाकर्मी, व्यवसायी, सञ्चारकर्मी, समाजसेवी र खेलाडीहरुलाई पनि सम्मान गरिएको हो।

उक्त कार्यक्रममा झमक घिमिरेद्वारा लिखित पुस्तकमा निर्मित फिल्म ‘जीवन काँडा की फूल’ पनि प्रदर्शन गरियो। कार्यक्रममा चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह ‘राजा’, नेपाली कांंग्रेस चितवन सभापति जीतनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष भोजराज अधिकारी, कांग्रेसका नेता राजकुमार राजभण्डारीलगायतको उपस्थिति रहेको थियो।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !