केकी अधिकारी अभिनित गीत ‘सुनसान मन’ सार्वजनिक (भिडियो)

नायिका केकी अधिकारीलाई फिचरिङ गरिएको गायिका रानी शाक्यको मर्मस्पर्शी गीत ‘सुनसान मन’को भिडियो युटुब मार्फत सार्वजनिक गरिएको छ। मदन घिमिरेले निर्देशन गरेको भिडियोमा रामेश्वर हुमागाँइको छायांकन, प्रेम शर्माको सम्पादन रहेको छ भने काठमाण्डौ, धुलिखेल, दोलालघाट लगायतका स्थानमा छायांकन गरिएको छ।

उक्त गीतमा राजेश शाक्यको शब्द तथा ओम कर्मचार्यको संगीत रहेको छ। गीत र भिडियोलाई दर्शकहरुले निकै मन पराइरहेका छन्।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !