तेलुगु चलचित्र‘अर्जुन रेड्डी’को नेपाली भर्सनका लागि कलाकारको खोजी

दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली भर्जनको लागि मुख्य नायक, नायिका र अन्य कलाकारको खोजि कार्य सुरु भएको छ। यो चलचित्रको नेपाली भर्सन बन्ने चर्चा चलेको धेरै समय भैसके पनि निर्माण टिमले अहिले आएर फिल्म बनाउन तरखर सुरु गरेको छ।

विशाल सापकोटाले निर्देशन रहने चलचित्रलाई केशव खड्का र आशिष श्रेष्ठले निर्माण गर्दैछन् । तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’ले बक्स अफिसमा तहल्का पिटेको थियो भने यसको हिन्दि रिमेक ‘कविर सिंह’ले पनि बक्स अफिसमा धुम मच्चाएको थियो।

अर्जुन रेड्डीको निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्मस्का तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण संझौतामा हस्ताक्षर गरेका थिए । दक्षिण भारतीय चलचित्रको अधिकार नै लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो ।

यस चलचित्रका लागि नायक हरिहर अधिकारी, आर्यन सिग्देलको नाम जोडिदै आए पनि अहिले आएर निर्माण टिमले लिड कलाकारको खोजी सुरु गरेको छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !