नायक पुष्प खड्कासँग स्विमिङ पूलमा रोमान्टिक साम्राज्ञी (तस्बिर)

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक पुष्प खड्कासँग स्विमिङ पूलमा रोमान्टिक भएको तस्बिर सामाजिक संजालमा सार्बजनिक गरेकी छिन। साम्राज्ञीले उक्त तस्बिरहरु सेयर गर्दै आफ्नो कामप्रति प्रेम र उमंग भयो भने जे पनि गर्न तयार हुनुपर्छ भनेर लेखेकी छिन् ।

नायिका साम्राज्ञीले सेयर गरेको तस्बिर चलचित्र ‘तिम्रो मेरो साथ’को हो। रमेश एम के पौडेलको निर्देशनमा तयार भएको चलचित्रको छायांकन केहि दिन अगाडी मात्र सकिएको हो। पोखरामा फिल्मकै एक गीतको छायांकनका क्रममा पुष्प र साम्राज्ञी स्विमिङ पूलमा देखिएका हुन् ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !