बिपिन र नम्रता पछि ‘प्रसाद २’ मा निश्चल बस्नेतको इन्ट्री

nischal-basnet in prasad 2

चलचित्र ‘प्रसाद’को सिक्वेलको रुपमा ‘प्रसाद २’को कडाउन सकिएलगतै निर्माणको घोषणा भएको हो। सौरभ चौधरीको निर्देशन रहने चलचित्रमा ‘प्रसाद’कै कलाकारहरु नायक विपिन कार्की र नायिका नम्रता श्रेष्ठले काम गर्ने पक्का भैसकेको थियो भने निश्चल बस्नेत संग लामो समय देखि कुरा भैरहे पनि बल्ल कागजी सम्झौता भएको छ।

सुशिल पौडेलको लेखनमा बन्न लागेको चलचित्रका निर्माता सुवास थापा हुन्। चलचित्रको छायांकन चैत्रबाट सुरु गर्ने योजना निर्माण पक्षको रहेको छ । चलचित्र ‘प्रसाद’लाई भने निर्देशक दिनेश राउतले निर्देशन गरेका थिए।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !