सकियो ‘चुरिफुरी’को छायांकन

चलचित्र ‘चुरिफुरी’को छायांकन ४३ दिनमा सकिएको छ। यस चलचित्र बाट नायक अनमोल केसीका डुब्लिकेट भनेर चिनिएका मोडेल अभिषेक श्रेष्ठ नायकको रुपमा डेब्यू गर्दैछन् । आरबी मुभिजको ब्यानरमा निर्माण गरिएको चलचित्रमा रिना ढकालको पनि लगानी छ। चलचित्रको सह–निर्मातामा बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा छन्।

ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्रमा रविन्द्र झा, अभिषेक श्रेष्ठ, पूजा पन्त, राजबीजंग बस्नेत, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दीपक आचार्य, सुवोध गौतम, पवन खतिवडा, सुरविर पण्डित, ऋतु आचार्य, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल लगायतका कलाकारको अभिनय छ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !