मनकारी पल शाह:आश्रममा बृद्धबृद्धा र बालबालिकासँग मनाए जन्मदिन (भिडियो)

अहिलेका चर्चित अनि दर्शक माझ निकै नै लोकप्रिय नायक पल शाहले चितवनमा पुगेर आफ्नो ३० औं जन्मदिन मनाएका छन्। २०४६ फागुन ११ का दिन दाङमा जन्मिएका पल शाह म्युजिक भिडियो हुदै चलचित्र ‘नाई नभन्नु ल ४’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् भने उनि अहिलेका सर्वाधिक डिमाण्ड भएका नायक हुन्।

नायक पल शाहले आफ्नो जन्मदिनमा चितवन पुगेर आजबाट नै संचालनमा आएको एक आश्रमको उद्घाटन गर्दै आफ्नो जन्मदिन मनाएका हुन्। ३ महिना अगाडि निर्माण कार्य सुरुभएको आश्रमको ८० प्रतिशत काम सकिसकेको छ। आश्रममा निर्माण भएका २ टहरा पल आफैले बनाएका हुन् ।

फिल्म क्षेत्रमा आउनु भन्दा अगाडी देखि नै समाज सेवामा सक्रिय भएका पल शाहले एक महिना अगाडिबाट नै जन्मदिनमा आश्रमको उद्घाटन गर्ने योजना बनाएको साथै बृद्धबृद्धा र बालबालिकासँग जन्मदिन मनाउन पाउँदा अत्यन्त खुशी भएको केहि मिडियासंग बताएका छन्।

पलले लकडाउनको समयमा पनि समस्यामा परेका चलचित्र प्राविधिकहरुलाई ५ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका थिए भने कालिकोट, धादिङ, बागलुङ्ग जस्ता बाढीप्रभावित क्षेत्र पुगेर पिडितहरुलाई सहयोग पनि गरेका थिए।

पल शाह भन्छन ‘समाजसेवा गर्दा मलाई निकै आनन्द आउछ र अरुलाई पनि प्रेरणा मिल्छ,सर्वप्रथम त म मानिस हुँ, मानिसको सेवा गर्नु नै मेरो धर्म हो। खुसी हुनको लागि पनि यो काम गर्छु। ‘

केहि समय देखि नायक पल शाह म्युजिक भिडियोमा ब्यस्त छन् भने केहि फिल्मको लागि साईन पनि गरिसकेका छन्। हाम्रो तर्फबाट पनि नायक पल शाहलाई जन्मदिनको असिमित शुभकामान।

यो पनि पढ्नुहोस:

१) १५-२० बर्ष बढी जेठा/कान्छा रहेका चर्चित नेपाली सेलिब्रेटी जोडी

२) नायिका स्वस्तिमा खड्का साउथ इण्डियन फिल्ममा डेब्यू गर्दै

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !