सुनील पोखरेलको परिकल्पना/ संयोजनमा नाटक ‘अर्को अर्थ नलागेमा’ मञ्चन हुने

सुनील पोखरेलको परिकल्पना तथा संयोजनमा नाटक ‘अर्को अर्थ नलागेमा’ मञ्चन हुने भएको छ । नाटक यही फागुन १८ देखि चैत ७ गतेसम्म मण्डला थिएटरमा हरेक दिन साँझ ५ः३० बजे मञ्चन हुँदैछ भने शनिवारको दिन थप प्रदर्शन दिउसो १ बजे पनि हुनेछ।

सुनिल पोखरेलका अनुसार हरेक शनिबार कान्तिपुर पत्रिकामा छापिदै आएका लेखक तथा भाषाविद् शरच्चन्द्र वस्तीको स्तम्भका लेखहरु ‘अर्को अर्थ नलागेमा’का स्तम्भमध्ये १०/११ वटा स्तम्भहरुलाई जोडेर नाटकमा रुपान्तरण गरिएको हो।

उक्त स्तम्भमा पछिल्लो समयको राजनीतिक घटनाक्रमलाई व्यंग्यात्मक शैलीलले टिप्पणी गरिएको छ।

यस नाटकको तयारी तिब्र रुपमा गरिदै छ। ‘ज्ञ’ थिएटरका विद्यार्थीहरुको अभिनय रहेने यस नाटकको अहिले धमाधम रिहलसल भैरहेको छ। नाटकलाई ‘ज्ञ’ कै १० जना विद्यार्थीहरुले निर्देशन गरेका हुन्

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

प्रतिक्रिया दिनुहोस !